हर्क साम्पाङद्वारा सुनसरी-१ बाट उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

सुनसरी ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले म‌ंगलबार निर्वाचन अधिकृतको कार्यलय पुगी उम्मेदवारी दर्ता गराउनुभएको हो । मेयर पदबाट राजीनामा दिएपछि साम्पाङले संसदीय राजनीतिमा औपचारिक प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनभएको छ ।

साम्पाङसँगै सुनसरी-१ बाट अन्य उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् ।

  • ६ माघ २०८२, मंगलवार १५:२३ प्रकाशित