कास्की क्षेत्र नम्बर १ मा एमालेका बैन बहादुर अधिकारीले गराए उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

 

पोखरा ।

कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेद्वारी दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा नेकपा एमालेका नेता मनबहादुर गुरुङ र नेकपा एमालेका नेता पंगेनी टिकाराम पंगेनी समर्थक छन् ।
उम्मेद्वारी दर्ता गर्दै नेता अधिकारी क्षेत्रीले आफ्नो जित सुनिश्चित रहेको र कास्कीका तीनवटै क्षेत्रमा नेकपा एमालेले विजय हासिल गर्ने दावी गरे ।

त्यसैगरी अब नेकपा एमाले नै सरकारमा जाने र आगामी सरकारको नेतृत्व केपी शर्मा ओलीले नै गरेर राष्ट्रिय स्वाधिनता र देशको विकास निर्माण र समृद्धिमा अगाडि बढ्ने उनको भनाई छ ।

  • ६ माघ २०८२, मंगलवार १४:५७ प्रकाशित