भोजपुर ।
नेकपा एमालेका सचिव शेरधन राईले भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का राजाराम बासी र श्रम संस्कृति पार्टीका ध्रुव राईले मनोनयन दर्ता गराएका छन् ।
भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने अनुमान गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।रासस















