कास्की क्षेत्र नम्बर १  मा नेपाली कम्युनिष्ट पार्टीका राजकाजीले गराए उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

 

पोखरा ।

कास्की क्षेत्र नम्बर नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट राजकाजी गुरुङ करणले उम्मेदवारी दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा नेपाली कम्युनिस्ट पार्टीका नेता श्रीनाथ बराल र समर्थकमा नेता दिपक कोइराला छन्।

उम्मेदवारी दर्ता गर्दै उनले आफ्नो उम्मेदवारी विकाश विकास र समृद्धिका लागि रहेको बताएका छन् ।

उनले नयाँहरूसँग विचार नभएको र पुरानाहरूले नयाँ परिवेशसँग आफूलाई समायोजन गर्न नसकेका उल्लेख गरे । यी सबै विषय आफ्नो पार्टीले सम्बोधन गर्ने उनको भनाइछ।

  • ६ माघ २०८२, मंगलवार १४:२७ प्रकाशित