कास्कीको तीनै क्षेत्रमा रास्वपाले गर्‍यो उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका तीनै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर रास्वपाका उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

कास्की क्षेत्र नम्बर १ मा खड्कराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, क्षेत्र नम्बर २ मा उत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ३ मा भने बिना गुरुङले घन्टी चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएकी छन् । कास्कीका तीनै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू समर्थकहरूको ठूलो र्‍यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए ।

  • ६ माघ २०८२, मंगलवार १३:०५ प्रकाशित