काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं ५ मा उम्मेदवारी दर्ता गर्ने थापा पहिलो उम्मेदवार हुन् । उक्त क्षेत्रमा एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।















