काठमाडौं ।
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।
कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो ।कांग्रेसका अनुसार मोरङ–१ मा खड्ग फागोले टिकट पाएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा डा। मिनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ ।
यस्तै क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा दोहोरिँदा क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरेले टिकट पाएका छन् ।मोरङ–५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । यस्तै डा। शेखर कोइराला मोरङ–६ बाट निर्वाचन लड्ने भएका छन् ।















