पोखरा १५ मा चौथो वडा खेलकुद महोत्सव सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले सोमबार उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै प्रमुख आचार्यले सवै उमेर समूहकालाई समेट्ने गरी वडा खेलकुद महोत्सवको आयोजना गरी खेलकुद महोत्सव आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे ।

वडा नं १५ संस्कृतिमा धेरै धनी रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, ८ दशकको इतिहास बोकेको आइएनएफ हस्पिटल, सिद्ध परोपकार सहितको बैदिक गुरुकुल देखि आधुनिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था समेत पोखरा १५ मा रहेको र सवैलाई समेटेर वडाले कार्यविधी बनाएर खेलकुदको गतिविधी गराएकोमा वडा अध्यक्षलाई धन्यवाद ब्यक्त गरे ।

खेलकुदका गतिविधी संगै खेलकुदमा ख्याति कमाएका ब्याक्तित्वहरुलाई समेत सम्मान गरेर स्रहानिय काम गरेको उनको भनाइ थियो । महानगरका ३३ वटै वडामा हरेक वडा एक कार्यक्रम गर्ने उद्देश्य सहित काम गरिरहदा पोखरा १५ ले खेलकुद क्षेत्रलाई समेटेर अगाडी बढेकोमा उनले वडा प्रति आभार ब्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न खेलकुदमा सहभागी पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बक्सिङका एसियन गेमका चित्र बहादुर गुरुङ, फुटवलका बिजय गुरुङ, करातेका लक्ष्मण कुँवर, र सचिन बिक फुटवलका शिव श्रेष्ठ छन ।

महोत्सव उद्घाटनका अबसरमा खेल्छ गण्डकी अन्तर्गतको टेनिस खेलका वडा नं १५ मा रहेको अति विपन्न परिवारका ९ जना टेनिस खेलाडीहरुलाई पौष्टिक खाद्यान्न वितरण गरिएको थियो । खेलाडीहरु सुमित विश्वकर्मा, आदित्त सुनार, कुस सुनार, लभ सुनार, सुप्रिया सुनार, इनुला परियार, स्वस्तिका विश्वकर्मा, अनमोल सार्की र शरण विश्वकर्मालाई पौष्टिक खाद्यान्न वितरण गरिएको हो ।

त्यसैगरी महोत्सवको पूर्व सन्ध्यामा वडा कार्यालय परिसरबाट महोत्सव स्थल बन विज्ञान अध्ययन संस्थान सम्म आयोजित झांकी तथा र्याली प्रतियोगितामा जनजागृति आमा समुह प्रथम, स्यानी मजुवा बसुन्धरा मार्ग आमा समुह दितिय र ब्रह्मकुमारी इश्वरीय विश्विद्यालय पोखरा १५ तृतीय भएभने सिद्धेश्वर परोपकार गुरुकुल आश्रम र वेलनन एकेडेमीले शान्तवना स्थान हाँसिल गरे । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्नेले क्रमश नगद ५, ४, ३ र १५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विद्यालय तर्फ थ्री एन्जल मिसन स्कुल, शिद्ध मावी, टोल बिकास तथा युवा क्लव तर्फ फलेपाटन, अलकापुर टोल बिकास संस्था, युवा क्लब तर्फ गलेश्वर युवा क्लब र दिव्यज्योती क्लब उत्कृष्ट भए ।

सम्मानित तथा पुरस्कृतहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्य, वडा अध्यक्ष तोरण बहादुर बानियाँ, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा सदस्यहरु तथा वडा प्रतिनिधीहरुले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाबासीलाई खेलकुदको माध्यामबाट आपसी भाइचारा अभिवृद्धिसंगै सम्पूर्ण ३३ वटै वडालाई समेट्ने उद्देश्यका साथ खेलकुद महोत्सवको आयोजना गरिएको बताए । वडाभित्र रहेका विभिन्न संघ संस्था आमा समुह, संघ संस्था, समाज, टोल बिकास, विभिन्न विद्यालयको सहभागीताले महोत्सवको उद्घाटन सत्र उल्लासमय बनेको उनको भनाइ रहेको थियो ।

पोखरा महानगर खेलकुद विकास समितिका उपाध्यक्ष दिपक गोदारले वडाको यो प्रतियोगिताले खेलाडी उतपादनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

खेलकुद महोत्सव अन्तर्गत ६ माघ देखि महिला पुरुष ब्याटमिन्टन, युनि हक्की, भलिवल, सडक दौड, साइक्लिङ, ह्वीलचियर दौड, बास्केटबल, डोरीतान लगायतका खेलहरु हुने प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए ।

 

  • ५ माघ २०८२, सोमबार २१:४२ प्रकाशित