सञ्चारमन्त्री खरेलले दिए राजिनामा, ललितपुर २ मा उम्मेदवार बन्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन् । भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले पदबाट राजीनामा दिएका हुन् ।

सञ्चारकर्मीको पृष्ठभूमि भएका खरेल गत असोज ६ गते सञ्चार मन्त्री नियुक्त भएका थिए ।

  • ५ माघ २०८२, सोमबार १८:५० प्रकाशित