देउवालाई भेट्दै कांग्रेस सभापति थापा र शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापा उपसभापति विश्वप्रकाश शर्माले आज (सोमबार) निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

आइतबार राति पार्टी एक भएर निर्वाचनमा जाने सैद्धान्तिक सहमतिपछि आज थापा र शर्माले देउवा भेट्न लागेको बताइएको हो ।

कांग्रेसका एक नेताका अनुसार महाराजगन्जमा देउवालाई थापा र शर्माले भेट्ने कार्यक्रम छ ।

अहिले देउवा निवास महाराजगन्जमा देउवा र शेखर कोइरालापक्षीय नेताहरूबिच छलफल भइरहेको छ ।

  • ५ माघ २०८२, सोमबार १२:१३ प्रकाशित