काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज झापा जाँदैछन् । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली र साह झापा जान लागेका हुन् ।
अध्यक्ष ओली यसअघि विजयी हुँदै आएको झापा–५ बाट चुनाव लड्दैछन् । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । सोही निर्वाचन क्षेत्रमा रास्वपाबाट बालेन साह उम्मेदवार बन्ने तय भएको छ साह पनि आज उम्मेद्वारी मनोनयनका लागि झापा जान लागेका हुन् ।
यता नेपाली कम्युनिस्ट पार्टीले भने युवा नेता रन्जित तामाङलाई झापा ५ मा उम्मेदवार बनाउने भएको छ ।















