पोखरा ।
नेपाली बजारमा सुनको भाउ फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ कायम गरिएको छ । आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको महासंघको भनाइ छ ।















