नेपाल प्रहरीका ४८ एसपी र ६७ डीएसपीको सरुवा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रहरीका ४८ एसपी र ६७ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।

एसपीहरु अनिल कुमार खड्का, एक नारायण कोइराला, काजी कुमार आचार्य, गजुसिद्धी बज्राचार्य, अनन्तराम शर्मा, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, कुलदीप चन्द, केशव भट्टराई, गौतम मिश्र लगायतको सरुवा भएको छ ।

गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।

चुनावको हटस्पट मानिएको झापामा बसुन्धरा खड्कालाई लगिएको छ । उनी बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा थिइन् । यसैगरी

डीएसपीमध्ये रुकुम रसुवामा अशोक थापा, लमजुङमा जितेन्द्रकुमार बस्नेत, पश्चिम रुकुममा बेदबहादुर पौडेल, दोलखामा मनोजकुमार लामा, तेह्रथुममा लक्षण ओली र हुम्लामा शंकर खड्काले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

  • ५ माघ २०८२, सोमबार ०९:०३ प्रकाशित