घण्टीघर पुगेर बालेनले बजाए घण्टी

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् ।

उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् ।उनीहरूलाई रास्वपा नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् । बालेन,सुदनले कार्यालयमा रास्वपाको चुनाव चिह्न घण्टी समेत बजाएका छन् ।

लगत्तै उनी रास्वपा कार्यालयबाट बाहिरिएका छन् ।

  • ४ माघ २०८२, आईतवार १६:१५ प्रकाशित