नेप्से परिसूचकमा उत्साहजनक वृद्धि : आज ८ अर्ब ४० करोडको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं।

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ३१.१२ अङ्कले बढेर २६७२.५५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा आज कुल ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

  • ४ माघ २०८२, आईतवार १६:०० प्रकाशित