राष्ट्रियसभाको १९ औं अधिवेशन आजदेखि सुरु हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा १९औं अधिवेशन सञ्चालन हुनेछ ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत २८ पुसको सिफारिसमा यही ४ माघ आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए ।

गत ३१ भदौमा राष्ट्रियसभाको १८ औं अधिवेशन अन्त्य भएको थियो ।  यसैबिच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ ।

  • ४ माघ २०८२, आईतवार ०८:४५ प्रकाशित