पोखरा ।
आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ५१ र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा छ ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा छ । आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा छ ।















