कांग्रेसको गगन-विश्वको नेतृत्वलाई निर्वाचन आयोगले दियो मान्यता

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले गगन थापा र विश्वप्रकास शर्माको नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको हो । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।

  • २ माघ २०८२, शुक्रबार २०:१६ प्रकाशित