विशेष महाधिवेशन पक्षले कांग्रेस केन्द्रीय कार्यालयको दाबी तत्काल नगर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयको दाबी नगर्ने भएको छ । प्रवक्ता देवराज चालिसेले नवनिर्वाचित कार्यसमिति अद्यावधिकको प्रक्रियामा रहेको भन्दै त्यो निरूपण नभएसम्म कार्यालय दाबी नगर्ने बताएका हुन् ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले आफूहरू लोकतन्त्रमा विश्वास गर्ने भएकोले हुलहुज्जत गरेर केन्द्रीय कार्यालय दाबी गर्न जानु आवश्यक नभएको बताए ।

‘यो डेमोक्रेसी हो, यसको अद्यावधिक प्रक्रिया चलिरहेकोले तत्कालै कार्यालय गइहाल्नुपर्छ भन्ने छैन,’ उनले भने ।

  • १ माघ २०८२, बिहीबार १६:१५ प्रकाशित