काठमाडौं ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति शुक्रबार पनि बस्ने भएको छ । बिहीबार बसेको बैठकले केही विषयमा निर्णय गरेको र थप विषयमा छलफल तथा निर्णय लिन शुक्रबार पनि बैठक बोलाइएको नेता देवराज चालिसेले जानकारी दिए ।
बैठकले निर्वाचनका लागि घोषणापत्र तयार गर्न सभापति थापाको नेतृत्वमा एक समिति गठन गरिएको छ भने निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । समिति उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको हो ।















