कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन, राति ८ बजेदेखि मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।निर्वाचन समितिका अनुसार बुधबार राति ८ बजेदेखि मतदान सुरु हुनेछ ।

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुनस् नामावली प्रकाशन गरिनेछ । यस्तै ५:३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ ।

उनका अनुसार ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । ८ बजेदेखि ९ बजेसम्म मतदान हुनेछ ।

  • ३० पुष २०८२, बुधबार १६:०६ प्रकाशित