काठमाडौं ।
आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय अनुमोदन गरेको हो ।
यसअघि कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि ३१ गतेसम्म पार्टीको १५ औँ नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। गत पुस १८ गते कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको थियो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन निर्वाचन तयारीमा पुगिरहँदा कांग्रेस केन्द्रीय कार्यसमितिले उक्त निर्णय गरेको हो।















