आज ६ अर्ब २० करोडको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ । दिनभरको उतारचढावकाबिच नेप्से १.५२ अङ्कले बढेर २६४१.४३ को बिन्दुमा पुगेर बन्द भएको छ ।

बजार सुधार हुँदा आज कारोबार रकम भने घटेको छ । आज बजारमा ३२० कम्पनीका १ करोड २५ लाख खरिद–बिक्री हुँदा ६ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

  • ३० पुष २०८२, बुधबार १५:३३ प्रकाशित