काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् ।
बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन् । उनका अनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो ।
स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उनले बताए ।
स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उनको भनाइ छ ।















