धमाधम टिकट बाँड्दै हर्क साम्पाङ

केन्द्रभाग मिडिया

धरान ।

प्रधानमन्त्री बन्ने घोषणा सहित श्रम संस्कृति पार्टी खोलेका हर्क साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि धमाधम टिकट वितरण गरिरहेका छन् ।

धरानका मेयर साम्पाङले टिकट लिन उम्मेदवारहरूलाई धरानमै बोलाइरहेका छन् । धरानमा रहेको सम्पर्क सचिवालयबाट उनले प्रत्यक्ष तर्फका उम्मेदवारहरूलाई टिकट दिएर जिल्ला–जिल्ला पठाइरहेका छन् ।

‘कोशी (१ नम्बर० र बागमती ९३ नम्बर) प्रदेशका जिल्लाहरूमा लगभग धेरै उम्मेदवार टुंगिसकेको छ,’ महासचिव आरेन राईले भने, ‘बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंग्याउने प्रक्रियामा छौं ।’ यो पार्टीले देशभरि प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारी गरेको छ ।

साम्पाङले टिकट दिएका उम्मेदवारहरू :

धनकुटा : सानबहादुर राई,

काठमाडौं–१: समीर तामाङ

काठमाडौं–७ : मणिराम प्रधान

झापा–१ : केबलराम राई

झापा–२ : केशब भण्डारी

झापा–३ : दीपक तिम्सिना

झापा–४ :अमृता राई

रामेछाम : ढालबहादुर मगर

ताप्लेजुङ : सन्तोष राई

पाँचथर : ब्रबिम शेर्मा

संखुवासभा : उमा राई

उदयपुर–२ : बलराज राई

भोजपुर : ध्रुब राई

मोरङ–१ : शान्ति पाख्रिन

सोलुखम्बु : बियस राई

  • ३० पुष २०८२, बुधबार १४:४८ प्रकाशित