गगन–विश्वलाई देउवाले भने,‘पार्टी नफुटाउनुस्’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् ।

बुधबार सभापति देउवासँग महामन्त्रीद्धय थापा र शर्माको भेटमा सभापति देउवाले यस्तो बताएका डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘मेरो लागि टिकटमा हस्ताक्षर महत्त्वपूर्ण होइन, टिकट जसले हस्ताक्षर गरेपनि भयो । मेरो तर्फबाट कुनै बाधा छैन भनेर उहाँले राख्नुभयो’, देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘पार्टी नफुटाउनुस् भन्नुभयो । उदारताका साथ पार्टी सभापति प्रस्तुत हुनुभएको छ ।’

भेटमा गगन र विश्वले महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्छौ भनेर देउवासँग छुट्टिएको महतले बताए ।

  • ३० पुष २०८२, बुधबार १२:२८ प्रकाशित