कांग्रेस विभाजन रोक्ने अन्तिम कसरत, सभापति देउवासंग गगन र विश्वप्रकासको भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको विभाजन रोक्ने अन्तिम प्रयास जारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच अहिले वार्ता भइरहेको छ ।

देउवा निवास महाराजगन्जमा उनीहरूबिच छलफल भइरहेको हो ।

वार्तामा सहभागी एक नेताका अनुसार देउवाले सहमतिका लागि संवाद गर्न बोलाएपछि दुवै महामन्त्री देउवा निवास पुगेका हुन् ।

विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा छन् । तर यसका लागि देउवा तयार नभएपछि दुई पक्षबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति हुन सकेको थिएन।

 

  • ३० पुष २०८२, बुधबार ०९:२२ प्रकाशित