काठमाडौं ।
नेपाली कांग्रेसलाई विभाजन हुनबाट रोक्न र उत्कर्षमा पुगेको विवाद मिलाउन भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।
मंगलबार बालुवाटारमा चार घण्टासम्म बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि अर्को वार्तामा बस्ने तयारी रहेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
विशेष महाधिवेशन पक्षधरका वार्ता समिति सदस्यले नेता परिवर्तन नगरी नहुने बताएका छन् भने संस्थापन पक्ष पक्षीय वार्ताकारहरूले त्यो विषय मानेका छैनन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा को अगुवाइमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन चलिरहेको छ ।
त्यो महाधिवेशनलाई संस्थापन र इतर समूहका नेता डाक्टर शेखर कोइराला समूहले स्वीकारेको छैन। यी दुई विषयलाई मिलाउन समूहले नेताहरू बालकृष्ण डक्टर मीनेन्द्र रिजाल सह महामन्त्री जीवन परियार र रमेश लेखक रहेको वार्ता समिति बनाएका छन् ।
त्यस्तै विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यहरू पौडेल र मधु आचार्य तथा गुरु घिमिरे र देवराज चालिसे रहेको वार्ता समितिमा छन् । वार्ता समितिको बैठक बिहान पनि बसेर निष्कर्षविहीन भएको थियो ।















