कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता समय थपियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन दर्ताको समय फेरि थपिएको छ ।

केन्द्री निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय थपिएको हो । उनका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

यसअघि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

  • २९ पुष २०८२, मंगलवार १६:२७ प्रकाशित