चुनाव पार्टीका लागि अग्निपरीक्षा हो : माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पार्टीका लागि अग्नि परीक्षा रहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

‘चुनाव अर्को हाम्रो अग्निपरीक्षा हो । चुनाव हुन्छ नै भन्ने लागेको छ’, नेता नेपालले भने, ‘चुनाव हुँदैन कि भनेर, चुप लागेर बस्ने होइन, तयारीमा जुट्ने हो ।’

उनले चुनावी घोषणापत्र कमिटी बनाइसकेको भन्दै निर्वाचन परिचालन कमिटी संयोजक पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बनाउने तयारी भइरहेको बताए ।

साथै उनले चुनावी घोषणापत्र कमिटी नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाउने तय भइसकेको बताए ।

त्यसपछि निर्वाचनसँग जोडिएका अन्य कामका साथै आर्थिक सङ्कलनका काममा धेरै सहयोग उठाउनेहरूलाई प्रोत्साहन गरिने उनले बताए ।

  • २९ पुष २०८२, मंगलवार १५:१९ प्रकाशित