कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ ।सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।

  • २९ पुष २०८२, मंगलवार १४:३० प्रकाशित