कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि राति ९ बजेदेखि मतदान हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ । महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।

  • २९ पुष २०८२, मंगलवार १३:४३ प्रकाशित