काठमाडौं ।
चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको स्रोतले बतायो ।
प्रतिनिधिमण्डल ३ दिने भ्रमणको लागि आगामी हप्ता नेपाल आउन लागेको हो । नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ । चीनले नेपालका हरेक राजनीतिक दलहरूसँग समान व्यवहार गर्न चाहेको बताउँदै आएको छ ।















