राष्ट्रपति पौडेलकी छोरी संज्ञाले समानुपातिक सूचीबाट नाम फिर्ता लिइन्

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो ।

उनको नाम सूचीमा परेसँगै राष्ट्रपति पौडेलको नाम जोडेर आलोचना भएको थियो । पोखरेलले आफूले नाम फिर्ता लिएको पुष्टि गरेकी छिन् । ‘मैले नाम फिर्ता लिएकी छु । अब पार्टी त्यसअनुसार काम गर्ला,’ उनले भनिन् ।

  • २९ पुष २०८२, मंगलवार १२:०४ प्रकाशित