काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज (मंगलबार) घोषणा हुँदैछ । गत १९ कात्तिकमा १० वटा वाम घटकहरू एकीकरण भई गठन भएको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुन लागेको हो ।
केन्द्रीय समितिको घोषणासँगै केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत आजै हुने बताइएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीमा अहिलेसम्म १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भइसकेका छन् ।















