काठमाडौं।
काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहका संयोजक तोकिएका छन् ।
समूहमा कोशी प्रदेशबाट मेदती सिटौला, मधेश प्रदेशबाट चन्द्रशेखर यादव, बागमती प्रदेशबाट वीरेन्द्र सिंह समूहगत छलफलमा छन् । त्यस्तै गण्डकी प्रदेशबाट रेशम बानियाँ, लुम्बिनी प्रदेशबाट भुवन श्रेष्ठ, कर्णाली प्रदेशबाट नारायण भट्टराई र सुदूरपश्चिम प्रदेशबाट भरत खड्का छन् । त्यसैगरी उपत्यकाबाट प्रमोदहरी गुरागाईँ एवं भ्रातृ तथा शुभेच्छुक सङ्गठन,जनसम्पर्कबाट केशव निरौला र सीता सापकोटा सहभागी छन् ।
यी समूहहरूले मुख्य चार वटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।
सोमबार बन्दसत्र जारी छ ।















