पोखरा ।
आज (सोमबार) अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको छ । तर, युरो, पाउन्ड, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा छ । हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ८० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ७६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ०७ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।















