महाधिवेशनले चाहे नीति र नेतृत्व बदलिन्छ : महामन्त्री थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहे नीति र नेतृत्व बदल्ने उद्घोष गरेका छन् । आइतबार भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । महामन्त्री थापाले महाधिवेशन नै सबैभन्दा ठूलो भएको भन्दै महाधिवेशनले चाहेमा नेता, नीति र विधान बदल्न सक्ने प्रष्ट्याएका हुन् । महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको उनको भनाई छ।

उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको भन्दै त्यहाँ दुई वटा महामन्त्रीले दुस्ख दिइरहेको भनेर सुझाव दिएको हुनसक्ने भन्दै यसअघि पनि विभिन्न घटनामा सुझाव दिने पनि आफूहरू नै रहेको बताए ।

थापाले हलले गरेको निर्णय मानेर अघि बढ्नुपर्ने पनि बताए । ‘कांग्रेस पार्टीमा महाधिवेशन भन्दा ठूलो केही पनि छैन । महाधिवेशनले चाह्यो भने नेता छान्छ र नेता बदल्छ । महाधिवेशनले चाह्यो भने नीति छान्छ र नीति बदल्छ, महाधिवेशनले चाह्यो भने विधान बदल्छ,’ उनले भने।

  • २७ पुष २०८२, आईतवार १९:१३ प्रकाशित