चितवनको सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस भेटिएको छ । सिमलताल नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको टुक्रा भेटिएपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले खनेर हेर्दा बस भेटिएको हो ।

बस निकाल्ने काम भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारामा फेला परेको बसको अवशेष २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसमध्ये एउटा भएको आकलन गरिएको छ । बालुवामा गडेको बस निकालेर यकिन गरिने तनहुँका एसपी टेकबहादुर कार्कीले बताए ।

  • २७ पुष २०८२, आईतवार १७:२५ प्रकाशित