काठमाडौं ।
नेपाली कांग्रेसको दोस्रो महाधिवेशनमा आइतबार पौने ३ बजेसम्म १७ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् ।
कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । नाम दर्ता गराउने क्रम जारी रहेकाले उक्त संख्या बढ्ने महाधिवेशन आयोजक कमिटीले जनाएको छ ।
महाधिवेशनमा कांग्रेसका ७० प्रतिशत बढी प्रतिनिधि सहभागी भएको नेताहरूले बताएका छन् । महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू भने सहभागी भएका छैनन् ।
देउवा र खड्का अनुपस्थित महाधिवेशनले कांग्रेस फुट्ने हो कि भन्ने आशङ्का कायमै रहेको छ । तर महाधिवेशनमा सहभागी नेता र प्रतिनिधिहरूले महाधिवेशनले कांग्रेसलाई थप मजबुत बनाउने दाबी गरेका छन् ।















