कांग्रेस विशेष महाधिवेशन : ११ बजेसम्म ४८८ प्रतिनिधिले गराए नाम दर्ता

केन्द्रभाग मिडिया

 काठमाडौं।

नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका लागि बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

बिहान ८ बजेबाट नाम दर्ता सुरु गरिएको थियो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार ११ बजेसम्म कोशीबाट– ८३, मधेसबाट–८२, बागमतीबाट– ६२, गण्डकीबाट–८०, लुम्बिनीबाट – १२२, सुदूरपश्चिमबाट–३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट–२९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्

  • २७ पुष २०८२, आईतवार ११:५८ प्रकाशित