नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको अध्यक्षमा थिङ निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले निकट मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको अध्यक्षमा बेनीराज थिङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न संगठनको तेश्रो अधिवेशनले थिङको अध्यक्षतामा निर्बिरोध नियाँ कमिटीय निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा बालकृष्ण पोख्रेल, उपाध्यक्ष नारायण रिमाल, सचिव सूर्य प्रसाद पौडेल, सहसचिव जनक राज सिग्देल, सहसचिवमा शिब पोख्रेल, र कोषाध्यक्षमा केशव खतिवडालाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यमा दिल बहादुर श्रेष्ठ, सदस्य सिता सापकोटा, सुदिप ढकाल, रुद्रमान प्रधान, उर्मिला परियार, प्रबिण आले, झकंबिर आले मगर, राजकुमार दमै ,रबिन्द्र बागदाश, दुर्गा भुजेल, रबिन्द्र वाग्ले, धन बहादुर मगर, टिकाराम अधिकारी, अमर बहादुर मगर र बिनोद प्रसाद पौडेल निर्वाचित भएका छन् ।

  • २६ पुष २०८२, शनिबार २१:५३ प्रकाशित