काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ सभापति शेरबहादुर देउवाको साथ छोडेका छन् । सभापति देउवाबाट सहनै नसक्ने ज्यादती भएको भन्दै उनले देउवाको साथ छोडेका हुन्। उनले अव विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन् ।
उनले आफूले सभापति देउवालाई जिन्दगीभर सहयोग गरेर गलत गरेको महसुस भएको टिप्पणी गरे । उनले विशेष महाधिवेशनको पक्षमा खुल्ने नभइ पूरै लाग्ने समेत टिप्पणी गरेका छन् ।
शनिबार बिहान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेपछि आफू सभापति देउवा नेतृत्वको संस्थापन समूह छोड्ने निष्कर्षमा पुगेको उनले जानकारी दिए ।















