काठमाडौं ।
नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ ।
अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको छ ।















