पूर्वमन्त्री होमनाथ दाहालको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वमन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधन भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका उनको शुक्रबार साँझ वीर अस्पतालमा लैजाँदै गर्दा निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता अस्वस्थ थिए । उनी ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहाल विपी विचारका सच्चा अभियन्ता थिए । दाहालका धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् । दाहालका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु छन् ।

ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मेका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।

दाहाल विपी विचारका सच्चा अभियन्ता थिए । आज २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीनजिक धोवीखोलापट्टीमा निवासमा दाहाललाई श्रद्धाञ्जली अर्पण गरेर ९ः३० पछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाहसंस्कार गरिने बताइएको छ ।

  • २६ पुष २०८२, शनिबार ०८:४४ प्रकाशित