प्रधानन्त्री कार्कीले लिइन् निर्वाचन आयोगको कार्य प्रगतिका विषयमा जानकारी

केन्द्रभाग मिडिया

काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे निर्वाचन आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी हुन् । आगामी ११ माघका लागि राष्ट्रिय सभा र २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ ।

कार्कीले दुवै निर्वाचनको लागि भएको कार्य प्रगतिबारे जानकारी लिएकी हुन् । उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, मुख्यसचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो ।

  • २५ पुष २०८२, शुक्रबार १८:५६ प्रकाशित