प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ । आज बिहान चन्दको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

रेडियो नेपाल र जर्मनको गोथे ईन्टिच्युटमा लामो समय काम गरेको चन्द ७७ वर्षका थिए । चन्दका ३ छोरी रहेका छन् ।उनीहरू सबै अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने निरौलाले बताए ।

  • २५ पुष २०८२, शुक्रबार ११:२५ प्रकाशित