गण्डकीका जिल्लामा एमालेले तोक्यो इन्चार्ज

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले प्रदेश तहका जिल्लाहरूमा इन्चार्ज तोकेको छ । सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारीलाई दिएको छ ।

उनी ११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । योसँगै गण्डकीका ११ मध्ये १० जिल्लामा जिल्ला इन्चार्ज पनि तोकिएको छ । पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि इन्चार्ज तोकिएको एमालेले जनाएको छ । जिल्ला इन्चार्जका रूपमा केन्द्रीय सदस्यलाई खटाइएको छ ।

एमालेको निर्णय अनुसार, कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ । यस्तै, बागलुङमा मना केसी, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला इन्चार्जको रूपमा खटाइएको छ ।

  • २४ पुष २०८२, बिहीबार १३:४४ प्रकाशित