कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ४ बजे बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ । मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरेका छन् ।

  • २४ पुष २०८२, बिहीबार १३:२२ प्रकाशित