पोखरा ।
आज (बिहीबार) अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको । तर, कुबेती दिनारसहितका केही मुद्राको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मूल्य अनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो ।
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४८ पैसा छ । हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०८ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ७५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५२ पैसा थियो ।















